Skip to content

सामाजिक र प्राविधिक नवप्रवर्तनको युगमा नेपाली उद्यमशीलता

राजेश कंडेल

परिचयः

सामान्यतया उ‌द्य‌मशिलता शब्द झट्ट सुन्ने वित्तिकै मान्छेहरूलाई व्यापार हो भन्ने लाग्न सक्छ। तर गहिराइमा गएर बुझ्ने प्रयास गर्न खोजियो भने उद्यमशिलता परम्परागत रूपमा चलि आइरहेको व्यापारलाई दोहोर्याउनु नभई नयाँ विचारको व्यवसाय हो। यस्तो नयाँ बिचार जो हाल सम्म बजारमा अवस्थित छैन। पुर्ण रूपमा नयाँ विचारको व्यवसाय गर्नु मात्र नभइ बजारमा अवस्थित बस्तु तथा सेवाहरुको मुल्य व्यापकरुपमा घटाउन सक्नु, नयाँ प्रविधि प्रयोग गरि उत्पादन गर्नु र जोखिम लिएर कुनै नयाँ व्यापार गरेर त्यसलाइ सफल बनाउनु पनि उद्यमशिलता नै हो। उद्यमशिलता भित्र जोखिम लिनु, रचनात्मक तरिकाले सोच्नु र सबैभन्दा महत्वपूर्ण कडा मेहेनतगरि लगनशिल भएर काम गर्नु पर्दछ।

विश्वमा उद्यमशिलता

उद्यमशीलताको अवधारणा समयसँगै परिवर्तन हुदै आइरहेको छ। विगत‌मा उद्य‌मशीलता प्रायः व्यक्तिगत रूपमा जोखिम लिने र सानो – सतरिय व्यापारको साथ सम्वन्धित थियो । इतिहासको पाना पल्टाएर हेर्ने हो भने त्यतिखेर मान्छेमा उद्यमशीलताको अवधारणा विकाश भैसकेको थिएन। त्यतिखेर व्यापार गर्नु र त्यसबाट आय आर्जन गर्नु नै मान्छेको मुख्य उद्देश्य हुने गर्दथ्यो। समयसँगै आफ्‌नो व्यापार विस्तार गर्ने, ब्राण्ड बनाउने, कम्पनीको उद्देश्य अनुरूप काम गर्ने, विश्वबजारिकरण गर्ने लगाएतका अन्य अवधारणाहरुको विकास हुदै गएको पाइन्छ । सन् १७६० देखि १८४० सम्मको समयावधिमा विश्वमा औद्योगिक क्रान्तिको सुरुवात  भएको पाइन्छ । औद्योगिक क्रान्ति एउटा यस्तो घटना थियो जसले मानव सभ्यतालाइ नै बदलदियो । यो यस्तो समय थियो जब मानिसले हात बाट काम गर्ने परम्परागत तरिका छोडेर मेशिनको उपयोग गर्न सुरु गरेका थिए। यहि क्रान्तीको कारण नै हाम्रो आजको आधुनिक दुनियाको निर्माण भएको हो। २० औं शताब्दीले विश्व‌मा ठूला  बहुराष्ट्रिय कम्पनीहरु र ठूला कर्पोरेशनको उदयलाई देख्यो जुन उद्यमशीलताको दृष्टिकोणले सञ्चालित थिए।

आधुनिक समयमा एआइ को अवधारणा विकास भएको छ। कलकारखानामा रोबोटले काम गर्नु, विभिन्न सफ्टवेयर (Software) ले व्यापारमा सहजता पुयाउनु, च्याट बट (Chat Bot) ले मान्छे सँग कुरा गरि उनिहरूको समस्या समाधान गर्न सक्नु लगाएत शुप्रै आधुनिक कुराहरू उद्यमशीलताको लागि बलियो खम्बा जस्तै बनेको छ ।

एलन मस्कको टेस्ला; न्युरालिंक, मार्क जुकरबर्गको फेसबुक, जेफ बेजोसको एमेजन, बिल गेट्‌सको माइक्रोसफ्ट, मोहोमद युनुसको ग्रामिण बैंक, लगाएत उद्यमशिलताको उदाहरण हो।

नेपालमा उद्यमशीलताको संक्षिप्त इतिहास

नेपाल‌मा उद्यमशीलताको इतिहास हेर्दा विकशित देश भन्दा उद्यमशीलता केही ढिलो नै भित्रिएको पाइन्छ। परम्परागत रुपमा नेपालको अर्थतन्त्र कृषि, हस्तशिल्प, धातु जन्य चिजको काम, कपडा बुन्ने, थाङ्का तथा विभिन्न चित्र (पेन्टिङ) आदिको व्यापारमा निर्भर थियो । परिवार‌को सदस्य धेरै हुदा आफ्नो खेत‌को अन्न-बालीले मात्र नपुग्ने भएपछि प्रायः पुरुषहरू मुगलान जाने गर्दथे । रोजगारिको प्रमुख आर्कषण भारत रहेको हुँदा कुनै कुनै स्थानमा त नेपाली मुद्रा भन्दा बढी भारतीय मुद्रा प्रचलनमा आएको हुन्थ्यो । भारत बाट कमाएको पैसा  आफैसँग बोकेर आउने हुँदा यसको प्रचलन व्यापक थियो। यसरी हेर्दा तत्कालिन समयमा नेपालको अर्थतन्त्र सामा-तिना व्यापार, वैदेशिक रोजगारी र कृषिमै थि हस्तशिलत आदिमा निर्भर थियो । समय यसै गरि वितिरहेको थियो । त्यसपछि सन् 1946 मा गोल्छा समुहले विराटनगर‌मा रघुपति जुट मिलस’ स्थापना गर्यो। यो नेपाली उद्योगको इतिहासमा निजी क्षेत्रबाट निमार्ण भए‌को पहिलो उद्योग थियो। यद्यपि जुद्धशममेरले यस अधि विराटनगरमै विराटनगर जुट मिल स्थापना वि. सं. १९९३ साल मा स्थापना गरेका थिए। नेपालमा उद्यमशिलताको इतिहासमा वि.सं. १९९३ सालको कम्पनी एनले उद्यमशीलता विकासमा केहि टेवा पुर्याएको पाइन्छ। यस एन भित्र कम्पनी कसरी, काहाँ दर्ता गर्ने कम्पनी चलाउने प्रकृ‌या र कम्पनीले गर्न नहुने कार्यहरु आदि उत्लेख गरिएको थियो। कम्पनी एन १९९३ ले उद्यमशिलता विकाशमा नयाँ आयाम थप्यो । यद्यपि यस एनमा सुधार गर्नुपर्ने कुराहरूपनि छन् ।

यसरी नेपालमा उद्यमशिलताको विकास सम्बन्धी इतिहास खोज्दा १९ औं शताब्दीमा, नेपालले औधोगिकरण प्रभाव महसुस गर्न थाल्यो। साना उद्योगहरू, जस्तै चामल मिल, चिनी मिल, कपडा कारखाना र सुर्तीजन्य उद्योग स्थापना भएका थिए । २० औं शताब्दीको अन्त्य र २१ औं शतब्दीको शुरुवातमा, नेपालमा प्राविधिक प्रगति र विश्वबजारीकरणको प्रभाव व्यापक रह‌यो । इन्टरनेट र मोबाइल प्रविधिको आगमनले नयाँ उद्यमशीलता र स्टार्टअप‌को लागि नयाँ आयाम थपिदियो । इ-कमर्स र डिजिटल सेवाहरूमा उद्यमीहरूले उल्लेखनीय प्रगति गरेको छन् । वर्तमान समयमा नेपाल‌मा प्रविधि आधारित स्टार्टअप र सामाजिक उद्यमशीलता द्वारा निर्देशित भएको छ। यद्यपि, पूंजीको पहुँच, पूर्वाधारको कमी र दक्ष जनशक्ति अभाव जस्ता चुनौतीहरुलाई समाधान गर्नु आवश्यक रहेको छ।

नेपालमा उद्यमशिलताको चुनौतीहरू:

२०६३ सालको कम्पनी एनले उद्यम सुरु गर्नेहरुको लागि नयाँ उत्साह जोगायो। यस एन भित्र कम्पनी कहाँ दर्ता गर्ने, कम्पनी कसरी सञ्चालन गर्ने लगाएत अन्य नीतिनियम छ। यति मात्र होइन यस एन भित्र विभिन्न किसिमका व्यापार व्यवसाय गर्नेहरुको लागि विभिन्न सेवा सुविधा लगाएत कर छुटसम्मको व्यवस्था भएको छ। विकट ठाउँमा कम्पनी खोल्दा, कम्पनीमा ३३% महिलाको सहभागिता हुँदा वा समावेशी कामदारहरु राख्दा सरकारले विशेष कर छुटको व्यवस्था समेत गरेको छ। यति हुँदा समेत नेपालमा नयाँ किसिमको वा नयाँ विचारको उद्यम गर्नु त्यति सहज भने पक्कै छैन। सर्वप्रथम त आफ्नो आइडियालाई कसरी बजार सम्म पुर्याउने भन्ने कुरा एक आम नागरिकलाई थाहै छैन। बिजनेस वा व्यवस्थापन विषय अध्यनरत विद्यार्थीहरुलाई समेत परीक्षामा राम्रो नम्बर कसरी ल्याउने थाहा छ। पाठ्यक्रम सबै थाहा छ तर असल दुनियाँमा त्यो चीजले कसरी काम गर्छ कमैलाई मात्र थाहा छ। उद्यमशीलताको लागि कम्पनी दर्ता गर्ने देखि लिएर त्यसकोलागि कच्चा पदार्थ कहाँ बाट ल्याउने, कम्पनीको अकाउन्ट कसरी सम्हाल्ने, कम्पनीको क्यास फ्लो कसरी व्यवस्थापन गर्ने, अडिट कहाँ र कसरी गराउने लगाएत झन्झटका विषयहरू सामान्य नागरिकलाई थाहा नै छैन। यतिमात्र होइन अलि नयाँ र भिन्न किसिमको कम्पनी दर्ता गर्न सयौं डकुमेन्ट पेश गर्नुपर्ने हुन्छ जुन झन्झटको कारण व्यापार गर्नु भन्दा नेपालका नागरिकहरु जागिर र वैदेशिक रोजगारीमा नै बढी आकर्षित हुने गरेको पाइन्छ। सरकारले वैदेशिक लगानी भित्राउनको लागि विभिन्न लगानी सम्मेलन आयोजना गरेको हुन्छ तरपनि ती सम्मेलन सरकारले सोचेअनुसार सफल हुँदैन अर्थात् वैदेशिक लगानी सोचेअनुसार भन्दा पनि निकै कम भित्रिन्छ। यसबाट के प्रस्ट हुन्छ भने नेपालमा उद्यम अर्थात् लगानी गर्न विदेशी र विदेशी कम्पनीहरुलाई त्यति चासो छैन। नेपालमै पनि थोरै प्रतिशत नेपालीहरुलाई मात्र व्यापार गर्न चासो छ। नेपालमा भन्दा सोही व्यवसाय विदेशमा गर्न सहज हुने भएकोले वैदेशिक रोजगारमा गरेका वा विद्यार्थी भिसामा विदेश गएकाहरू त्यही सेटल भएर बरु विदेशमै व्यापार गर्न रुचाउँछन्। 

नेपालमा उद्यम गर्नको लागि अर्को मुख्य चुनौती भनेको भष्ट्राचार पनि हो। सानो सानो डकुमेन्ट मिलेन र मिलाइदिन्छु भन्दै केही कर्मचारीहरुले नै भष्ट्राचार गरिरहेको पाइन्छ। यस्तै कतिपय नेपाली व्यवसायीको अनुसार नेपालमा करको दर धेरै तथा त्यो कर तिरे अनुसार नेपाली उद्यमीहरुले सरकारबाट पाउने सेवा सुविधा भने निकै न्यून रहेको छ। खासगरी एउटा सामान्य व्यवसाय र व्यवसायीले सरकारबाट निकै कम सुविधा पाउने गर्दछ।  बैंक बाट ऋण लिई व्यवसाय गर्न पनि निकै गार्हो रहेको छ। नयाँ उद्यमीको लागि त बिना धितो आफ्नो नयाँ आईडिया वा स्टार्टअपको लागि ऋण पाउनु लगभग असम्भव जस्तै कुरा हो। 

यस्तै नेपालमा नयाँ आईडिया हुँदैमा त्यसको उद्यम गर्न सहज यसकारण पनि छैन कि नेपालमा उद्यम धन्दाको लागि पर्याप्त कानुन बनेकै छैनन्। एक उदाहरण थियो : नेपालमै बनेको यात्री मोटरसाइकल जुन इलेक्ट्रिक(विद्युतीय) थियो, त्यसले नेपालको बाटोमा गुड्नको लागि मान्यता पाउन निकै सास्ती बेहोर्नु पर्यो। यो सम्बन्धी विभिन्न समाचार बने, सामाजिक सञ्जाल बाट यात्री मोटरसाइकललाई छिटो मान्यता दिन निरन्तर दबाब भइरह्यो तर सरकारको एउटा मात्र उत्तर थियो : यो सम्बन्धी नेपालमा कानुन निर्माण भइसकेको छैन। यसरी नयाँ उद्यमीलाई सरकारले नै खाल्टोमा जाकिरहेको छ। सरकारले नीतिनियम नभए तत्काल बनाउनु पर्छ र  उद्यमीहरुलाई दुस्साहन गर्नु हुँदैन। यति हुँदाहुँदै पनि सुन्दर कमलको फूल हिलोमा फुले जस्तै केही उद्यमीहरु विभिन्न चुनौती पार गर्दै आफ्नो उद्यमलाई एक नयाँ दिशा र उचाइमा पुर्याइरहेका छन्। यस्ता उद्यमीलाई सरकारले सहयोग गर्ने, पुरस्कार दिने र उनीहरूको मनोबल बढाउने काम गर्नु पर्दछ।

नेपालमा उद्यमशीलताको भविष्य

विभिन्न समस्या र चुनौतीहरुलाई छिट्टै समाधान गर्न सके नेपाल‌मा उद्यमशीलताको भविष्य एकदमै उज्वल देखिन्छ। विभिन्न सामाजिक, आर्थिक र प्राविधिक प्रवृत्तिहरुले नेपाललाई उ‌द्यमशीलताको केन्द्र बनाउने सम्भावना बढाईरहेका छन्। नेपालको उद्य‌मशिलता विकाशको लागि सबैभन्दा महत्त्वपूर्ण चुनौती भनेको दक्ष जनशक्तिको अभाव र भएको दक्ष जनशक्ति पनि विदेश पलाएन हुनु हो। सरकारले युवा जनशक्ती विदेश पलायन हुनबाट रोक्न मात्र सक्यो भने युवा जोश र कामदार देशमै रहन सक्छन् र उद्यमशीलता विकाशमा नेपाल एक कदम अगाडि बढ्न सक्छ। युवालाइ रोखेर मात्र भने हुदैन । उनीहरूलाई पर्याप्त स्रोत साधन सहित उचित तालिम त्यो पनि निशुल्क सरकारले व्यवस्थापन गर्नु पर्छ। नेपालमा उद्यमशीलताको भविष्यको प्रमुख पक्षहरुलाई तल उजागर गरिएको छ।

युवा शक्ति 

नेपालमा ठुलो जनसंख्या युवाहरु छन्। जापान कोरिया लगाएत देशमा वृद्धहरुको संख्या धेरै र युवाहरू थोरै तथा जन्म दर कम हुदा सरकार चिन्तित रहि युवालाई बच्चा जन्माउन प्रोत्साहात गर्दैछ। यसरी प्रोत्साहान गर्नुको कारण युवा शक्ति, उर्जा, नयाँ सोच र उत्साह आफ्नो देशमा रहि समग्रमा देश विकाश गर्न सकियोस् भन्ने हो। तर नेपालको सरकार र सम्वन्धीत निकायलाई युवाहरुको वास्ता नै छैन। पछिल्लो जनगणना २०७८ अनुसार नेपालमा पनि जन्मदर घटेको छ र यो उधमशिताला मात्र नभई समग्र देशको लागि नै चिन्ताको विषय हो। यस्तै देशमै भएका युवाहरुको वास्ता पनि सरकारलाई छैन। आज सम्म कति जना दक्ष युवालाई सरकारले विदेश पलायन हुन बाट रोक्यो सरकार सँग कुनै तथ्य छैन। बेला बेला सरकारले युवालाइ तालिम नदिएको भने होइन तर तालिम पश्चात कतिले उधम शुरू गरे ? हाल देशमै रहेका युवा जनशक्ति कि विदेश जाने सोच्दै छन् कि मौका नपाएर मात्र देशमा अडिएका छन् । देशका यति धेरै युवालाई सहि मार्ग देखाउन नसक्नु सरकारको साच्चिकै ठुलो कमजोरी हो। सरकारी सेवामा रहि काम गरिरहेका कर्मचारीहरु पनि डि.भी. भरेको वा यस्तै उचित मौका पाएर जागिर नै छोडेर प‌लाएन भएको मैले देखेको छु। नेपालमा यदि युवाहरूलाई सहि मार्गदर्शन, शिक्षा र अवसर दिइ‌यो कले उनीहरूले नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा ठूलो योगदान पुर्याउन सक्छन् ।

सरकारको पहल

सरकारने उद्यमशीलनालाई प्रवर्द्धन गर्न थुप्रै निति र कार्यक्रमहरू भने पक्कै सुरु गरेको छ। स्टार्टअप इनक्युबेटर, व्यवसाय अनुवान र प्रशिक्षण कार्यक्रमहरू मार्फत सरकारले उद्यमशीनतामा संलग्न हुन चाहाने व्यक्तिहरुलाई थोरै भएपनि समर्थन प्रदान गरेको छ। तर धेरै जसो उद्यमीको तर्क सरकारले उद्यमशीलतालाई प्रवर्द्धन गर्न त्यति चासो नदीएको भन्ने छ। सरकारले उद्यमशिलताको लागि कार्यक्रम राखेपनि यहाँ सामान्य मानिस सुचनाको अभावको वा अन्य विभिन्न कारण कार्यक्रम सम्म पुग्नै सक्दैन । यस्तै सरकारी अनुदान पनि केहि व्यापारीहरुले मात्र पाएका छन्। मेरो विचारमा हाल नेपालामा उद्यम सुरु गर्न चाहनेहरूले सरकारको आशमानी बस्नु हदैन। आफ्नै मेहेनत र लगनशिलतामा अगाडी बढी देशको आर्थिक विकासमा टेवा पुर्याउनु पर्छ।

प्रविधिको प्रगति

हाल नेपाल‌मा विभिन्न प्रविधि भित्रिएको छ भने इन्टरनेटको पहुँच तीव्र गतिमा वृद्धि भररहेको छ। बाटो र बिजुली पुगेको दुर्गम ठाउँमा पनि इन्टरनेट पुगिसकेको छ । मोबाइल फोन / कम्प्युटर र इन्टरनेट‌को प्रयोगले ई-कमर्स (e-commerce, डिजिटल उद्यमशीलता र फिनटेक कम्पनी‌को लागि नयाँ ढोका खोलेको छ। यसैगरी नेपालमा इन्टरनेटको पहुँचले ई लर्निङ वा अनलाइ शिक्षा सम्बन्धी कम्पनीहरू‌ले पनि विबशेष प्रगति गरेको देखिनछ। हाल आइ.टि कम्पनीहरुको पनि विवशेष उदय भए‌को छ र यस्ता कम्पनीले नेपालमा मात्र नभई विदेशमा समेत सेवा दिइरहेको छ र वैदेशीक मुद्रा नेपालमा भित्र्याउन विशेष योगदान दिएको छ। यस्तै नेपालीहरूले फ्रीलान्सिङ गरेपनि विदेशबाट केहि वैदेशिक मुद्रा भित्र्याएको छन्। यसरी हेर्दा प्रविधि र इन्टरनेटको विकाशसँगै नेपालमा उद्यमशिलता‌को पनि विकाका भएको छ। यसैको कारण नेपाल‌मा उद्यमशिलता विकाशमा पक्कै टेवा पुग्नेछ भन्नेमा म विश्वस्त छु।

सामाजिक उद्यमशीलता

समाजमा उधम-व्यवसाय गरिसकेपछि समाजमा पनि केहि योगदान गर्नुपर्छ भन्ने भावना उधमीहरुमा विकाश भएको छ । यस्तै समाजकै विभिन्न समस्याहरु लाई समाधान गर्ने हेतुले सामाजिक उद्यमीलताको विकास हुदै छ र भविष्यमा पनि नेपालमा सामाजिक उद्यमशीलता विकास र वृद्धि पक्कै हुने छ। शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण जस्ता क्षेत्रमा सामाजिक उद्यमीहरुले समाजमा सकारात्मक परिवर्तन ल्याइर‌हेका छन्। यसले आर्थिक सम्मृद्धिमा मात्र होइन सामाजिक विकासमा पनि योगदान पुर्याउँछ।

उद्यम‌शिलतामा नेपालको भविष्य राम्रो भएपनि पहिले हजारौं चुनौती र समस्याहरु‌को समाधान गर्नुपर्ने हुन्छ। नेपालबाट आफ्नो व्यवसाय वा अन्य कामको लागि पनि विदेश पैसा पठाउन निकै गार्हो हुन्छ। यस्तै नेपाली कम्पनीले पनि विदेशबाट बिटकोइन (Bitcoin) लगाएत क्रिप्टोकरेन्सी बाट भुक्तानी पाउन सक्ने अवस्था छैन किनकि यस्ता करेन्सीको कारोबार नेपालमा अवैध र गैरकानुनी छ । डलर सम्बन्धी कारोबार गर्नपनि गार्हो छ। यस सम्बन्धि नेपालमा विभिन्न नीति नियमहरूको खाँचो छ । सरकारले उद्यमिहरुलाई प्रोत्साहान गर्न जरूरी छ। किसानहरुलाई एक किलो मल पाउन एकदीन लाइन लाग्न नपरोस्, करको दर कम होस् जसको कारण कर छलि कम होस, एक उद्यमी र करदातालाई कहिले कुनैपनि सास्ती नह‌ोस्, सहजै वैदेशीक कारोबार गर्न पाइ‌योस्, आफ्नो काम गर्दा कसैलाई घुस खुवाउन नपरोस्, उद्यम गर्न चाहाने युवालाई सरकारले निशुल्क तालिम देवोस्, युवाहकलाई उचित अवसर आफ्नै देशमा मिलोस्, जसरी आफ्नो देशमा आफ्‌नो क्षमताको उचित मुल्याङ्कन नभएर आफ्ने सुन्दर परिवार छोडि जनशक्ति विदेशिएका छन् त्यसलाई सरकारले रोक्न सकोस्, केही गर्छु भन्ने उद्यमीलाइ सरकारले अनुदान दिओस्, बस् आफ्नो इमान नबेचि बाँच्न पाइयोस।